६ जेठ, २०८१ आइतबार

10:49:18 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पशुपतिका विकासका काम जताततै अलपत्र, कोष, पुरातत्व विभाग र गुठी संस्थाबीच वेमेल

१६ फागुन, २०७८

पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र गुठी संस्थानबीच समन्वय नहुँदा विश्वभरका हिन्दूहरूको आराध्य देवस्थल रहेको क्षेत्रमा पनि विकासका काम हुन नसकेको

पशुपतिका विकासका काम जताततै अलपत्र, कोष, पुरातत्व विभाग र गुठी संस्थाबीच वेमेल

काठमाडौँ,

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको पशुपति क्षेत्रका विकासका कामले गति लिन सकेको छैन । समन्वय नहुँदा समस्या भइरहेको छ । 

राष्ट्रियसभामा प्रतिवेदन पेश गर्दै राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको उपसमितिका संयोजकसमेत रहनुभएकी सांसद अनिता देवकोटाले गत साउन ३२ गते पशुपति क्षेत्रको अनुगमन गर्दा समस्या रहेको बताउनुभयो । 

उहाँले पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र गुठी संस्थानबीच समन्वय नहुँदा विश्वभरका हिन्दूहरूको आराध्य देवस्थल रहेको क्षेत्रमा पनि विकासका काम हुन नसकेको भेटिएको बताउनुभयो । 

गौरवको आयोजनाका रूपमा पशुपति क्षेत्रका आयोजनाका काम सुस्त हुँदा पशुपति क्षेत्रमा जताततै काम अलपत्र भएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला मार्गको काममा पनि ढिलाइ भएको, कोरला नाकामा चीनतिर सुरक्षा पोष्ट, भन्सारलगायत संरचना निर्माण भए पनि नेपालतिर भने काम सुरु हुन नसकेको उहाँले सुनाउनुभयो ।