६ जेठ, २०८१ आइतबार

11:36:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय गौरवका आयोजनाका काम ढिला हुनुको खास कारण थाहा छ ?

Nepal Business

१६ फागुन, २०७८

राष्ट्रिय गौरवका आयोजनाका काम ढिला हुनुको खास कारण थाहा छ  ?

काठमाडौँ, 

समयमा राष्ट्रिय गौरवमा आयोजना सम्पनन भएका विरलै पाइन्छन् । खास समस्या के हो त ? केही समस्याहरु स्पष्ट नै छन् ।

कर्मचारी रिजाउनु पर्ने समस्या त छँदै छ । त्यसमाथि, ठेकेदारको लापरवाही, कच्चापदार्थको अभाव, विभिन्न आन्दोलन त कारक हुँदै आएका छन् । अर्काे कारण भनेको उचित समन्वय नहुनु पनि हो । 

राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । 

राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । 

समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै आयोजनाको अध्ययन अनुगमन एवं स्थलगत भ्रमण गरेको थियो । स्थलगत अनुगमनका क्रममा देखिएका विषयलाई उपसमितिले प्रतिवेदन बनाई सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई हस्तान्तरण गरेको छ । 

सो अवसरमा अध्यक्ष तिमल्सिनाले समितिबाट कतिवटा अनुगमनमा गइयो भन्दा पनि उपलब्धि के भयो भन्ने महत्वपूर्ण हुने बताउनुभयो । 

“अध्ययन एवं अनुगमनका क्रममा कुनै आयोजनाले झूट सूचना दिए समितिमै बोलाएर स्पष्टीकरण सोध्नुपर्छ, राम्रो काम गर्ने कर्मचारी र निर्माण व्यवसायीलाई पुरस्कारको सिफारिस गरिनुपर्छ, गुणस्तरीय काम गर्नेको पनि विवरण आउनुपर्छ”, उहाँले भन्नुभयो । 

सडकमा खानेपानी, विद्युत्, नेपाल टेलिकमको तार, ढललगायत निकायले फरक फरक समयमा खनेर काम गर्दा बिग्रने गरेकाले एकीकृतरूपमा काम गर्न निर्देशन दिन पनि अध्यक्ष तिमल्सिनाले समितिको ध्यानाकर्षण गराउनुभयो । अनुगमन गरिएका आयोजनामा नियमित पछ्याएर काममा सुधार ल्याउन पनि उहाँले सांसदहरुलाई अनुरोध गर्नुभयो ।