८ भदौ, २०८२ आइतबार

08:48:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण हुने

१६ फागुन, २०७८

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण हुने

काठमाण्डौं

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ  । आयोजक निफले सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै चैत्र १० गते हुने भनिएको महोत्सव चैत्र १७ गतेबाट हुने जानकारी दिएको हो ।

महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । यसवर्षको निफमा ३८ देशका ८९ फिल्महरुबिच प्रतिस्पर्धा हुने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधामा १४ वटा पुरस्कार दिइने पाठकले बताउनुभयो । ‘विश्वभरका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ । यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ’, उहाँले भन्नुभयो ।

प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष पाठकले बताउनुभयो । गतवर्ष कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना भएको निफ यसवर्ष राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमै सञ्चालन हुने आयोजकले जनाएको छ ।