२१ माघ, २०८१ सोमबार
10:41:36 PM
१६ फागुन, २०७८
५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।