२१ माघ, २०८१ सोमबार
10:42:46 PM
१६ फागुन, २०७८
अन्तिम बिल भुक्तानी दिने क्रममा २ लाख ५० हजार नगद र २ लाख ५० हजार चेकमा गरी ५ लाख घुस लिएको पाइएसंगै नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा २ लाख ५० हजार नगद र २ लाख ५० हजार चेकमा गरी ५ लाख घुस लिएको पाइएसंगै नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोग कार्यालय टंगालबाट गएको टोलीले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख मुकेश पटेल र सह लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घुस वापत लिएको नगद र चेक सहित नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।