६ जेठ, २०८१ आइतबार

11:36:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्ड र माधवको अवसरवाद एमसीसीले थप प्रष्ट पारेको छ (प्रदीप ज्ञवाली)

१६ फागुन, २०७८

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न ।

प्रचण्ड र माधवको अवसरवाद एमसीसीले थप प्रष्ट पारेको छ (प्रदीप ज्ञवाली)

धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद अझै प्रष्टसंग देखिएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताउनुभयो । 

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ’ ज्ञवालीले भन्नुभयो, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ ।’

नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताउनुभयो ।