७ जेठ, २०८१ सोमबार

10:50:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभापति देउवाको प्यानलमा कोको परे...?

Nepal Business

२५ मंसिर, २०७८

सभापति देउवाको प्यानलमा कोको परे...?

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले  फेरि पनि उम्मेदवारी दिएका छन्। रामचन्द्र पौडल चुनावी दौडबाट बाहिर निस्किए पनि ६ जनाले सभापतिमा उमेद्वारी दिएका छन् । यसपाली देउवाको समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।

 महामन्त्रीमा डा  प्रकाशशरण महत र प्रदीप पौडेल तथा सहमहामन्त्रीमा (महिलाबाट डिना उपाध्याय, जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट महेन्द्र यादव, खस,आर्यबाट किशोरसिंह राठौर, थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको समुदायबाट जीवनबहादुर शाही र दलितबाट मानबहादुर विश्वकर्माले उमेद्वारी दिएका छन् ।