२१ माघ, २०८१ सोमबार
10:47:34 PM
१६ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
विभिन्न आठ राजनीतिक दल (२ मोर्चासहित) ले आज (सोमबार) नेपाल बन्द आव्हान गरेको छ ।
बन्दका कारण विहानैदेखि यातायात आवागमन प्रभावित भएको छ ।
सरकारले एमसिसी पारित गरेको विरुद्धमा आइतबार साँझ बसेको बैठकले नेपाल बन्द गरिएको हो । प्रहरीका अनुसार आज विहानैदेखि मुख्य शहरी क्षेत्रमा छिटफुट बाहेक सवारी चलेको छैन ।
सरकारले एमसिसी पारित गरेको विरुद्धमा आइतबार साँझ बसेको बैठकले नेपाल बन्द गरिएको हो ।
प्रहरीका अनुसार आज विहानैदेखि मुख्य शहरी क्षेत्रमा छिटफुट बाहेक सवारी चलेको छैन ।
मुख्यगरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले बन्द आव्हान गरेको हो ।
यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जन गणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादीले पनि बन्द आाव्हान गरेको हो ।
ति पार्टीले संयुक्त विज्ञप्ति जारी गरी एमसिसी पारित गर्नु मुर्खता भएको दावी गरेको छ । स्वास्थ्य