६ जेठ, २०८१ आइतबार

11:36:46 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसी व्याख्यात्मक घोषणासहित अनुमोदन, संसद बैठक सकियो, १८ गते पुन बस्ने

१५ फागुन, २०७८

एमसिसी व्याख्यात्मक घोषणासहित अनुमोदन,  संसद बैठक सकियो, १८ गते पुन बस्ने

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,
एमसिसी सम्झौता आइतबार राती बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको बहुमतले पारित गरेको छ । 

बैठकको दोस्रो सत्रमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको एमसिसीको व्याख्यात्मक घोषणालाई बहुमतले अनुमोदन गरेको छ । योसँगै एमसिसी समेत अनुमोदन भएको छ । 

त्यसपछि प्रतिनिधिसभाको बैठक आइतबार (आज) का लागि सम्पन्न भएको छ । यही १८ गते दिँउँसो १ बजे पुन बैठक बस्ने गरी स्थागति गरिएको सभामुख अग्नि सापकोटाले जानकारी गराउनुभयो । 

यसअघि पहिलो बैठकमा एमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव वहुमतले स्वीकृत गरेको थियो । 

सम्झौताका पारित गर्न संसदमा ध्वनि मतको प्रयोग भएको थियो ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता नजनाइ निरन्तर नाराबाजी गरिरहेको थियो ।

एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भइ एमसिसीको विरोध गर्नुभएको थियो । 