६ जेठ, २०८१ आइतबार

10:23:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदको दोस्रो बैठक शुरु, अर्थमन्त्रीले यी दुई प्रस्ताव प्रस्तुत गर्दै

१५ फागुन, २०७८

संसदको दोस्रो बैठक शुरु, अर्थमन्त्रीले यी दुई प्रस्ताव प्रस्तुत गर्दै

काठमाडौँ, 
 प्रतिनिधिसभाको दोस्रो बैठक भर्खरै शुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा दुई विषय प्रस्तुत गर्दै हुनुहुन्छ । शुरुमा अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट पारित व्याख्यात्मक प्रस्ताव प्रस्तुत गर्नुभयो । 

अहिले उक्त व्याख्यात्मक घोषणाको प्रस्तावमाथि सांसदहरुले टिप्पणि गरिरहेका छन् । बैठकमा नेकपा एमालेका सांसदहरुले भने विरोध प्रदर्शन जारी राखेका छन्  । 

लगत्तै उहाँले पहिलो विषय ‘नेपाल सरकार र  अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन बीच भएको अनुदान सहायता सम्झौता (एमसिसी) का प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

दोस्रो विषय भनेको उक्त सम्झौता अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने छ । 

यसअघि पहिलो बैठकमा उमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भइसकेको छ ।