२१ माघ, २०८१ सोमबार
11:02:28 PM
१५ फागुन, २०७८
६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण्बाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।