६ जेठ, २०८१ आइतबार

04:37:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदबाट आइतबार नै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

१५ फागुन, २०७८

अमेरिकी सहयोग परियोजना (एमसिसी) मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय

संसदबाट आइतबार नै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडौं

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आइतबार बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा सहभागी हुनुहुन्थ्यो ।

यसैबीच आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।