२२ माघ, २०८१ मंगलबार
01:46:18 AM
१५ फागुन, २०७८
काठमाण्डौं
गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयले पशुपति क्षेत्रमा माँस, मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध गरिने सूचना जारी गरेको छ ।
सूचनामा भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा एवं पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कोही कसैले पनि माँस, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ को (क) र (ख) अनुसार आगामी २०७८ साल फागुन १७ गते मंगलबारका दिन पर्ने हिन्दु धर्मावलम्बीहरूको महान् चाड महाशिवरात्री पर्व समेतलाई मध्यनजर राखी मेलापर्व अवधि र अन्य समयमा समेत लागू हुनेगरी पूर्ण रुपमा रोक लगाइएको छ ।
साथै कोही कसैले यो सूचनाको बर्खिलाप कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।