२२ बैशाख, २०८१ शनिबार

04:52:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तार र टावर विनाको इन्टरनेट, युक्रेनलाई एलन मस्कको सहयोग

१५ फागुन, २०७८

एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गर्नुभएको हो ।

तार र टावर विनाको इन्टरनेट, युक्रेनलाई एलन मस्कको सहयोग

एजेन्सी । स्पेस एक्सका संस्थापक एलन मस्कले युक्रेनलाई इन्टरनेट सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गर्नुभएको हो । 

युक्रेनका उप–प्रधानमन्त्रीले एलन मस्कलाई स्याटेलाइट सेवा दिन आग्रह गरेपछि मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट सेवा सक्रिय गराएको जानकारी पठाउनुभएको थियो । स्टार लिंक एलन मस्कको कम्पनी स्पेस एक्सको एक इकाइ हो । यसले फाइबर अप्टिक, केबल वा टावरविना नै इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ ।