६ जेठ, २०८१ आइतबार

03:42:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्ता गठबन्धनको बैठक, माओवादी र समाजवादीले कसरी गर्लान एमसीसी पास गर्न समर्थन ?

Nepal Business

१५ फागुन, २०७८

माओवादी र समाजवादीका नेताहरुभने गठबन्धन यथावत राख्न एमसीसी पास गर्ने पक्षमा रहेको बुझिएको छ ।

सत्ता गठबन्धनको बैठक, माओवादी र समाजवादीले कसरी गर्लान एमसीसी पास गर्न समर्थन ?

काठमाडौं । माओावदी र समाजवादी पार्टीले एमसीसी पास गर्ने सहमती दिएपछि त्यसलाई अन्तिम रुप दिन आईतबार विहान सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको व्याख्यात्मक घोषणा बारेमा छलफल हुने एक नेताले जानकारी दिएका छन् । शनिवार अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काँग्रेस महामन्त्री गगन थापा लगायतले एमसीसीका बारेमा उठेका केही प्रश्नको बारेमा व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार गरेका छन् ।

त्यस विषयमा आज विहान छलफल गरेर दिउँसो संसद बैठकमा छलफल चलाउने तयारी भएको बुझिएको छ । माओवादी र समाजवादीले यस अघि एमसीसीको चर्को विरोध गर्दै आएका थिए । सत्ता गठबन्धलाई टिकाईराख्ने अभिप्रायले एमसीसी पास गर्न मध्यमार्गी बाटो खोज्ने प्रयास भईरहेको छ ।

यस बारेमा सरकारमा सहभागि दलहरुबीच विभिन्न कोणबाट छलफल भईरहेका छन् । यस अघि माओवादी र समाजवादी पार्टीले एमसीसीको विरोध गरेका कारण एमसीसीमा सहमति जनाउन नैतिक संकट परेको नेताहरुले बताउँदै आएका छन् ।

तर माओवादी र समाजवादीका नेताहरुभने गठबन्धन यथावत राख्न एमसीसी पास गर्ने पक्षमा रहेको बुझिएको छ ।