२२ माघ, २०८१ मंगलबार
01:29:57 AM
१४ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता
काठमाडौँ,
अवैध रूपमा लुकाईछिपाई भन्सार छली सुन भित्र्याउने कार्यमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी नै संलग्न भएका छन् । बाहिरबाट सुन ल्याउने व्यक्तिबाट भन्सार जाँच पास गराउनमा कर्मचारीकै संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको छ ।
अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुनःसोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध रुपमा ल्याएको एक किलो १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित सुनसरी ईटहरी उपमहानगरपालिका–१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईले उनलाई सहयोग गरी सुन पास गरेको पाइएको छ ।
अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुनःसोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ