६ जेठ, २०८१ आइतबार

05:39:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीबारे छलफल गर्न कांग्रेस नेताहरु बालकोटमा

Nepal Business

१४ फागुन, २०७८

एमसीसीबारे छलफल गर्न कांग्रेस नेताहरु बालकोटमा

काठमाण्डौं
सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल केही समयभित्रै सुरु हुने भएको छ ।

एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा पुगिसक्नु भएको छैन ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेको साथ खोजेको छ । तर एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता अनुमोदनमा तयार नभएपछि कांग्रेसले एमालेसँगको छलफललाई तीव्रता दिएको छ । कांग्रेस साथ जुटाएर जसरी पनि एमसीसी पास गर्ने पक्षमा छ ।