६ जेठ, २०८१ आइतबार

03:25:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई नहटाएसम्म संसद चल्न नदिने ः बादल

Nepal Business

१४ फागुन, २०७८

नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई नहटाएसम्म संसद चल्न नदिने ः बादल

काठमाण्डौं
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट नहटाएसम्म संसद चल्न नदिने बताउनु भएको छ ।

शनिबार एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले बताउनु भएको हो। 

देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दावी गर्नुभयो ।  एमालेले हटाएका १४ सांसदको सुचना टाँस गरिए मात्र एमसीसी लगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छौं । उहाँले भन्नुभयो जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।

एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टी बुझ्नु पर्ने उनको भनाइ छ । जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो । एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन,उहाँले भन्नुभयो ।