६ जेठ, २०८१ आइतबार

02:46:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिनु पर्छ ः नारायणकाजी श्रेष्ठ

Nepal Business

१४ फागुन, २०७८

नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिनु पर्छ ः नारायणकाजी श्रेष्ठ

काठमाण्डौं
 युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पनि आफ्नो भुराजनीतिक संवेदनशीलताको पाठ सिक्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । 

श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्दा व्यहोर्नु पर्ने क्षतीको आंकलन गर्न सकिदैन ।  ठूला राष्ट्रको स्वार्थ  स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ यस युद्धले सिकाएको बताउनु भयो।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको छ ।

‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व समाप्त हुने अवस्था उत्पन्न भयो । श्रेष्ठले भन्नु भयो, नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।