७ जेठ, २०८१ सोमबार

12:44:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले केन्द्रीय कमिटी बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन

Nepal Business

२५ मंसिर, २०७८

एमाले केन्द्रीय कमिटी बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन

काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी रहेको (एमाले)को दोस्रो  केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । 

बैठकले  एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । 

आज दिउँसोदेखि जारी रहेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ । रासस