२२ माघ, २०८१ मंगलबार
01:44:06 AM
१३ फागुन, २०७८
५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबा कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।