६ जेठ, २०८१ आइतबार

05:26:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

१३ फागुन, २०७८

प्रतिनिधिसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

काठमाडौं
प्रतिनिधिसभा बैठक फागुन १५ गतेसम्मको लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग बैठक सार्न आग्रह गरेपछि संसद बैठक फागुन १५ गतेसम्मको लागि स्थगित गरिएको छ ।

शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।