६ जेठ, २०८१ आइतबार

04:07:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी सम्झौताबारे छलफल गर्न विहानै देखी नेताहरुको दौडधुप, प्रतिनिधि सभा बैठक बस्दै

Nepal Business

१३ फागुन, २०७८

बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

एमसीसी सम्झौताबारे छलफल गर्न विहानै देखी नेताहरुको दौडधुप, प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । 
करिब ५५ अर्बको अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति जुटाउन विहानै देखी प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न दलका नेताहरुसंगको भेटघाटलाई तिव्रता दिनुभएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक अगाबै सहमति जुटाउने प्रयास स्वरुप विहानै देखी प्रधानमन्त्री देउवाले नेताहरुसंगको भेटघाटलाई तिव्रता दिनुभएको हो । विहिबार साँझ एमाले अध्यक्षसंग भेट्नुभएका प्रधानमन्त्री देउवाले शुक्रवार विहान पनि भेटेर सहमतिको प्रयास गर्ने बताइएको छ ।

यसैगरी सत्ता गठवन्धन दलहरुसंगपनि छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एमसीसी संसदबाट पास गर्नुपर्ने अन्तिम मिति नजिकिरहेका बेला प्रधानमन्त्री देउवालाई जसरी पनि यसको छलफल अगाडि बढाउनुपर्ने दवाव बढेको छ ।

यसैबीच एमसीसीका विषयमा सत्ता गठबन्धन माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी पास गर्न नसकिने बताउँदै आएका छन् । यदी परिमार्जन सहित एमसीसी पास हुने अवस्था नभए सरकार छाड्ने तयारी गरेको उनिहले बताईसकेका छन् । 

यसैबीच प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो। एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन ।

बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।