९ मंसिर, २०८१ आइतबार
08:02:17 PM
१२ फागुन, २०७८
काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा उहाँहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभयो
छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उहाँले जानकारी दिनुभयो । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उहाँको भनाइ छ ।
“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु ९एमाले०ले जनाउनुभएको छैन”, उहाँले भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल शुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताउनुभयो ।