२३ बैशाख, २०८१ आइतबार

09:10:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनले बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने

१२ फागुन, २०७८

बोइङ चीनका अनुसार बोइङ र यसका स्थानीय तथा विश्वव्यापी साझेदारहरूले मालवाहक ढुवानीको बढ्दो बजार माग पूरा गर्न चीनमा बोइङ कन्भर्टेड फ्रेटर्स (बीसीएफ)का लागि उत्पादन सुविधा प्रदान गर्नेछन् । यस वर्षको अन्तसम्ममा, ७३७–८०० बीसीएफ परियोजनाहरूका लागि १२ उत्पादन क्षेत्र र चीनको ग्वाङझोउ, शाङ्घाई र जिनान शहरमा तीन उत्पादन क्षेत्र बनाइने बताइएको छ ।

चीनले बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने

चीन,
चीनले यस वर्षको अन्त्यसम्ममा बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने कूल सामथ्र्य १५ लाइन पु¥याउने बिहीबार जनाएको छ ।

बोइङ चीनका अनुसार बोइङ र यसका स्थानीय तथा विश्वव्यापी साझेदारहरूले मालवाहक ढुवानीको बढ्दो बजार माग पूरा गर्न चीनमा बोइङ कन्भर्टेड फ्रेटर्स (बीसीएफ)का लागि उत्पादन सुविधा प्रदान गर्नेछन् ।

बोइङ चीनका अनुसार बोइङ र यसका स्थानीय तथा विश्वव्यापी साझेदारहरूले मालवाहक ढुवानीको बढ्दो बजार माग पूरा गर्न चीनमा बोइङ कन्भर्टेड फ्रेटर्स (बीसीएफ)का लागि उत्पादन सुविधा प्रदान गर्नेछन् ।

यस वर्षको अन्तसम्ममा, ७३७–८०० बीसीएफ परियोजनाहरूका लागि १२ उत्पादन क्षेत्र र चीनको ग्वाङझोउ, शाङ्घाई र जिनान शहरमा तीन उत्पादन क्षेत्र बनाइने बताइएको छ ।

बोइङ चीनका अनुसार बोइङ र एसटी इन्जिनियरिङले हालै ७६७–३०० बीसीएफको लागि थप क्षमता निर्माण गर्ने योजनाको घोषणा गरेका छन् ।

यस वर्षको दोस्रो त्रैमासिकमा बोइङले दक्षिण चीनको ग्वाङझोउमा एसटी इन्जिनियरिङको एयरफ्रेम सुविधामा ७६७–३०० बीसीएफ रूपान्तरण लाइन थप्नेछ । त्यतिन्जेलसम्म चीनमा ७६७–३०० बीसीएफका लागि रूपान्तरण लाइनहरूको कुल सङ्ख्या तीन पुग्ने चिनियाँ बोइङले जनाएको छ । 

बोइङ र ग्वाङझोउ विमान मर्मत इन्जिनियरिङ कं, लिमिटेडले ग्वाङझोउमा परिवर्तित मालवाहकहरूका लागि दुई ७६७–३००बीसीएफ रूपान्तरण लाइनहरू सिर्जना गर्ने योजना गत सेप्टेम्बर घोषणा गरेको थियो ।

७६७–३०० बीसीएफले ५१।६ टनसम्म बोक्न सक्छ र ६,१९० किलोमिटरसम्म उड्न सक्छ । बोइङ चीनको तथ्याङ्कले देखाएअनुसार अहिलेसम्म ७६७–३०० बीसीएफ परियोजनाले विश्वव्यापी रूपमा ग्राहकहरूबाट १०० भन्दा बढी आदेश र प्रतिबद्धता प्राप्त गरेको छ ।

सन् २०२१ को बोइङ कमर्सियल बजार बिष्लेषण अनुसार कम्पनीले आगामी २० वर्षमा विश्वभर एक हजार ७२० परिवर्तित मालवाहक ढुवानीको आवश्यकताको पूर्वानुमान गरेको छ ।