१९ साउन, २०८२ आइतबार
01:54:58 PM
१२ फागुन, २०७८
काठमाडौँ,
मलेसियन रिङ्गेटसहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
आरिस नामका भारतीय नागरिकलाई अबैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको हो
हिमालय एयरलाइन्सको उडानबाट मलेसियाको क्वालालाम्पुर जान लागेका आरिस नामका भारतीय नागरिकलाई अबैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त विदेशी मुद्रा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले विहिबार सूचना जारी गरी जनाएको छ ।
उनलाइ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।