२२ माघ, २०८१ मंगलबार
01:33:45 AM
१२ फागुन, २०७८
५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र २ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र २ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।