६ जेठ, २०८१ आइतबार

11:51:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै रुसले युक्रेन विरुद्ध प्रयोग गरेको बलको विरोध

Nepal Business

१२ फागुन, २०७८

 परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै रुसले युक्रेन विरुद्ध प्रयोग गरेको बलको विरोध

काठमाण्डौं
रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले यस बारेमा आफ्नो धारणा राखेको छ । । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

यसैगरी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन समेत आग्रह गरेको छ ।

नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।

कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने पनि नेपालको भनाइ छ । संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने कदम राष्ट्रसंघको बडापत्रमा उल्लिखित प्रावधानविरुद्ध छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्दै विवादलाई कुटनीति एवं वार्तामार्फत् शान्तिपूर्ण समाधान हुनु पर्ने कुरामा विश्वास गर्दछ ।