६ जेठ, २०८१ आइतबार

10:37:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५५ अर्बको एमसीसी सम्झौताबारे संसदमा छलफल सुरु हुने

Nepal Business

१२ फागुन, २०७८

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत बन्न सकेका छैनन् ।

५५ अर्बको एमसीसी सम्झौताबारे संसदमा छलफल सुरु हुने

काठमाडौं । गत आईतबार प्रतिनिध सभाको बैठकमा पेश भएको एमसीसी बारे बिहीबार बस्ने संसद बैठकमा छलफल सुरु हुँदै छ ।  मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक बिहिबार बस्न लागेको छ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गर्नुभएको थियो । 
एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत बन्न सकेका छैनन् । साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसंग छलफल गर्नुभएको छ । 

एमसीसीको विषयलाई लिएर सडकमा बिरोध र प्रदर्शन भईरहेको छ । बिहिवारपनि विहानै देखी विभिन्न स्थानमा सुरक्षा चेकजाँच बढाइएको छ ।