७ मंसिर, २०८१ शुक्रबार
02:15:50 AM
११ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, ः काठमाडौँ उपत्यकामा जथाभावी सवारी साधान पार्किङ्ग गर्ने विरुद्ध कारवाही गरी जरिवाना लिन थालेको छ ।
काठमाडौँको बौद्ध र ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन 'स्वीप अपरेशन' चलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।
काठमाडौँको बौद्ध र ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन 'स्वीप अपरेशन' चलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।
सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई पनि कारवाहीको दायरामा ल्याइने महाशाखाले जनाएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहज हुने विश्वस छ ।
महाशाखाले ललितपुरबाट ३७ सवारी साधनलाई कारवाही गरेको छ । यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारवाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ्ग व्यवस्थापन समेत गरिएको महाशाखाले जनाएको छ ।
कोरिडोर सडकमा हुने सवारी तथा पार्किङग व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्ट समेत स्थापना गरिसकेको जनाइएको छ । महाशाखाले यसरी जथाभावी पार्किङ नगर्न सबैमा अनुरोध गरेको छ । महाशाखा उपत्यकाको तीनै जिल्लाको ट्राकिम व्यवस्थापन गर्ने सुरक्षा निकाय हो ।