६ जेठ, २०८१ आइतबार

10:37:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छः प्रचण्ड

Nepal Business

११ फागुन, २०७८

गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छः प्रचण्ड

काठमाण्डौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताउनु भएको छ । बुधबार काठमाण्डौंमा माओवादीको बागमती  प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताउनु भएको हो ।

यस्तै उहाँले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँका अनुसार बिहान प्रधानमन्त्री सँग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिनुभयो ।

‘मेरो प्रधानमन्त्रीसँग आज भेट भएको होइन अस्ती मात्र भएको हो’, उहाँले भन्नुभयो ।  

संसदमा टेबल गरिएको एमसिसी अनुमोदन गर्ने लगायत विषयमा गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।