२२ माघ, २०८१ मंगलबार

01:28:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१५ लाखभन्दा बढिको भन्सार छली चामल प्रहरीको नियन्त्रणमा

Nepal Business

११ फागुन, २०७८

१५ लाखभन्दा बढिको भन्सार छली चामल प्रहरीको नियन्त्रणमा

काठमाण्डौ

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १५ लाख २५ हजार मूल्य बराबरको भन्सार छलीको चामलसहित एउटा गाडी नियन्त्रणमा लिएको छ । 

प्रहरीले बोलेरो पिकअपमा रहेको प्रतिबोरा २० किलो तौल भएको हाप स्टिम कतरनी चामल १५० बोरा, १ वटा बलोरो पिकअपसमेत गरी जम्मा अनुमानित १५ लाख २५ हजार रुपैयाँ बराबरको चामल बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएको हो । 

प्रहरीका अनुसार भारतबाट भन्सार छलि चोरी पैठारी गरि प्रदेश २–०३–००१ च–२१३८ नम्बरको पिकअपमा लोड गरी नेपालतर्फ भित्र्याइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले जिल्ला रौतहट गौरका ३९ को चन्दन पाण्डेलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । फागुन ९ गते साढे ४ बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।