२२ बैशाख, २०८१ शनिबार

09:02:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्यान इन्फोटेकको २७ औँ संस्करण वैशाख ७ गतेदेखि हुने

Nepal Business

११ फागुन, २०७८

क्यान इन्फोटेकको २७ औँ संस्करण वैशाख ७ गतेदेखि हुने

काठमाण्डौं

क्यान इन्फोटेकको २७ औँ संस्करण आगामी वैशाख ७ देखि १२ गतेसम्म हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारणले स्थगित हुँदै आएको क्यान इन्फो २ वर्षपछि काठमाण्डौस्थित भृकुटीमण्डप परिसरमा हुन लागेको क्यान महासंघले जानकारी दिएको हो ।

यस अघि क्यानले पहिलो २७ औँ संस्करण पहिलो वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म र माघ १८ गतेदेखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूर्ण तयारी गरिएकोमा कोभिड महामारीका कारणले सरकारको अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको थियो । तर कोरोना महामारी केहि कम भएकाले महासंघले नयाँ मिति तय गरेको जनाएको हो । 

यस्तै २७ औँ संस्करणका लागि मुख्य प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजी (एमसिटी स्मार्ट क्यूआर) रहेका छन् ।