५ जेठ, २०८१ शनिबार

01:24:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकास बोर्डमा पाठक र पाण्डे निर्वाचित, सहकारीको हितमा काम गर्ने प्रतिवद्धता

११ फागुन, २०७८

१९ वटा केन्द्रीय संघमध्ये १३ वटा केन्द्रीय संघका अध्यक्ष निर्वाचनमा सहभागी रहनुभएको थियो ।

विकास बोर्डमा पाठक र पाण्डे निर्वाचित,  सहकारीको हितमा काम गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक र केन्द्रीय जडिबुटी संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । 

केन्द्रीय संघको निर्वाचनबाट बोर्डमा २ जना सदस्य सञ्चालक निर्वाचन गर्ने व्यवस्था अनुसार पाठक र पाण्डे सर्वसम्मत सदस्य हुनुभएको हो । १९ वटा केन्द्रीय संघमध्ये १३ वटा केन्द्रीय संघका अध्यक्ष निर्वाचनमा सहभागी रहनुभएको थियो । 

अन्य संघका अध्यक्षहरुसँग पनि सम्पर्क गरी बोर्डको सञ्चालक समिति छनोट गरिएको जनाइएको छ । २ जना सञ्चालक छनौटका लागि निर्वाचन गर्नु नपरेको जनाइएको छ । बोर्डका सदस्य पाठकले विषयगत केन्द्रीय संघको भावना, योजना, चाहनासहित सिंगो सहकारी अभियानलाई टेवा पुग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

संविधान र सहकारी ऐन, नियमन, नीति, तथा कार्यक्रम अन्तर्गत रहेर सहकारीलाई उत्पादनमा जोड्दै कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाउने उहाँको भनाइ रहेको छ । उत्पादन तथा वित्तीय कारोबारलाई केन्द्रीत गरी काम गर्ने पाठकले बताउनुभएको छ । 

यसैगरी अर्का सदस्य पाण्डेले सहकारी क्षेत्रको वृहत्तर हितका लागि आफुहरुले अभियानको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभएको छ । सहकारी अभियानलाई बलियो बनाउन सहकारी विकास वोर्डलाई पनि बलियो बनाउनुपर्ने भन्दै पाण्डेले समग्र सहकारी क्षेत्रको विकासका लागि वोर्डलाई थप बलियो बनाउँदै लैजाने बताउनुभएको छ ।