२२ माघ, २०८१ मंगलबार
01:45:10 AM
११ फागुन, २०७८
लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।
काठमाडौं ।
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभउका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको छ । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँ आवद्ध रहनुभएको थियो ।
उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।