२२ बैशाख, २०८१ शनिबार

06:43:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनिया नागरिकको त्यो अबैध कल सेन्टर, जसबाट ऋणिलाई धम्क्याउन फोन हुन्थ्यो, ४७ महिलासहित ८० पक्राउ

Nepal Business

१० फागुन, २०७८

चिनिया नागरिकको त्यो अबैध कल सेन्टर, जसबाट ऋणिलाई धम्क्याउन फोन हुन्थ्यो, ४७ महिलासहित ८० पक्राउ

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, १० फागुन : प्रहरीले भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियासहित ८० जनालाई मंगलबार पक्राउ गरेको छ ।

चिनिया नागरिक नागरिक वाङ जिनावले नेपाली प्रयोग गरेर कल सेन्टर सञ्चालन गरेको पाइएको छ । 

उनीहरुले भारतीय मुलका युवा युवतीलाई छोटो समयको लागि कुनै प्रणालीमार्फत ५ देखि १० हजारसम्म ऋण लगानी गरी उक्त कलसेन्टरबाट थर्काउने गरेको पाइएको छ । 

उनीहरुले भारतीय मुलका युवा युवतीलाई छोटो समयको लागि कुनै प्रणालीमार्फत ५ देखि १० हजारसम्म ऋण लगानी गरी उक्त कलसेन्टरबाट थर्काउने गरेको पाइएको छ । 

ऋण लगानी गरी निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउनका लागि ऋणिलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता धन्दा उनीहरुको थियो । 

कल सेन्टर सञ्चालक वाङ जिनावले नेपाली युवा युवतीको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ महिला र ३३ पुरुष पक्राउ गरेको हो । 

उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको छ ।