२२ माघ, २०८१ मंगलबार
01:45:06 AM
१० फागुन, २०७८
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ ।
काठमाडौं
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिनामा टर्की र युएईबाट ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको छ । सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा टर्कीबाट नेपालले ८११.५ केजी सुन खरिद गरेको हो । त्यस्तै, २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभाग जनएको छ । सो मूल्यमा युएईबाट नेपालमा २ हजार ८३१.५ केजी सुन आएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ । सो मूल्यमा यी देशबाट १ लाख ३४ हजार २९५ किलो चाँदी नेपाल भित्रिएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ७ महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मूल्यमा २ हजार १ सय केजी सुन नेपाल भित्रिएको थियो । नेपालले आर्थिक वर्ष २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ केजी सुन विभिन्न देशबाट खरिद गरेको विभाग जनाएको छ ।