२२ माघ, २०८१ मंगलबार

01:45:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पशुपतिमा शिवरात्रीको भव्य तयारी, धर्मशाला कौडीको भाउमा बेचिएको भन्दै मन्त्री आले आक्रोशित

१० फागुन, २०७८

पशुपतिमा शिवरात्रीको भव्य तयारी, धर्मशाला कौडीको भाउमा बेचिएको भन्दै मन्त्री आले आक्रोशित

काठमाण्डौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमे आलेले यसपालीको शिवरात्री मेला भव्य र सभ्य रुपमा आयोजना हुने बताउनुभएको छ । मंगलबार पशुपतिमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले विगतमा भइरहेको शिवरात्रीभन्दा यस वर्षको शिवरात्री अझ भव्य र सभ्य हुने तयारी भइरहेको बताउनु भएको हो । 

‘विगतमा जसरी शिवरात्री मनाउने गरिन्थ्यो, यसपाली त्यो भन्दा भव्य र सभ्य मनाउने गरी तयारी भइरहेको छ’, उहाँले भन्नुभयो ।

शिवरात्रीकै लागि भनेर पशुपति क्षेत्रका खाल्टाखुल्टी पुरिने तथा सरसफाई गरिने पनि उहाँले बताउनुभयो ।  ‘यो कोषको अध्यक्षको हैसियतले हामीले विभिन्न खालका तयारीहरु गर्दै आइरकेका छौँ’, उहाँले भन्नुभयो, ‘यहाँ जति पनि पशुपति क्षेत्र विकास कोषभित्र भएका खाल्टा खुल्टीहरु तथा फोहोर छ ती सफा गर्ने, खाल्टाखुल्टी पुर्ने काम हुन्छ।’

यस्तै उहाँले भारत सरकारले धर्मशाला निर्माणका लागि सहयोग गरेको ४० करोड रुपैयाँको (भारु २५ करोड) भवन कौडीको भाउमा प्रतिनिधिहरुले बेच्ने काम गरेको आरोप पनि लगाउनु भयो । तर यस्तो कार्य आफूलाई कुनै पनि हालतमा सैह्य नहुने मन्त्री आलेको दावी छ । 

पशुपतिमा गिद्दे दृष्टि लगाउने कार्य आफूलाई  कदापी स्वीकार्य हुँदैन भन्दै मन्त्री आले आक्रोसित बन्नुभयो । ‘आज त्यो धर्मशाला भएको भए करिब ४ सयभन्दा बढि बाबाहहरु र वृद्धहरुलाई राख्न सकिन्थ्यो’, उहाँले भन्नुभयो । भारत सरकारको सहयोगमा बनेको धर्मशाला चाँडै फिर्ता ल्याउने मन्त्री आलेले बताउनु भयो ।

यस्तै पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले पशुपतिको गेट तथा ढोकामा फूल मालाहरुले विशेष साजसज्जा गरिने र पशुपति परिसरलाई डिजिटल बत्तीले सजाउने जानकारी दिनुभयो ।

मन्दिर परिसर तथा मन्दिर सजाउन करिब एक करोड २५ लाख रुपैयाँको खर्च हुने उहाँको भनाइ छ । यसपटक शिवरात्रीमा करिब १० लाख भक्तजनहरु आउने अपेक्षा गरिएको । भक्तजनको सुरक्षाका लागि १० हजारभन्दा बढि सुरक्षाकर्मी तैनाथ गरिने भएको छ । 

भिडियो सहित