४ जेठ, २०८१ शुक्रबार

11:17:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा ४ जना विरुद्ध विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर

१० फागुन, २०७८

सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा ४ जना विरुद्ध विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर

काठमाण्डौं

अख्तियार दुरुपयोग अनुन्धानले रकम हिनामिना गरेको आरोपमा तीन जनामाथी विशेष अदालमा आरोप पत्र दायर गरेको छ । तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी विरुद्ध विशेष अदालतमा मंगलरबार अख्तियारले आरोप पत्र दायर गरेको हो । 

उनीहरु विरुद्ध वृक्षरोपण गर्न विनियोजित रकम विरूवा समेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको उजुरी अख्तियारमा परेको थियो ।  अख्तियारले अनुसन्धान गर्दा तत्कालीन जिल्ला वन कार्यालय बाराले आ.व. २०७३ र ०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम तीन लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको हो ।

अख्तियारका अनुसार हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन समेत माग दावी लिइएको छ । 

पूर्णपाठ सहित