२ मंसिर, २०८१ आइतबार

03:40:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब उपत्यकामा अन द स्पट लाइसेन्स भेरिफाइ, नक्कलीधारीहरु होसियार

१० फागुन, २०७८

अब प्रहरीको हातहातमै सक्कली र नक्कली लाइसेन्स छ्ट्याउने प्रविधि, त्यो कसरी

अब उपत्यकामा अन द स्पट लाइसेन्स भेरिफाइ, नक्कलीधारीहरु होसियार

काठमाडौं
के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाइरहनुभएको छ ? यदी त्यस्तो हो भने, तपाई अब कानूनको फन्दाबाट भाग्न सक्नुहुन्न ।  अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत अन द स्पट  जाँच गरेर पत्ता लगाउन सक्ने प्रविधिको प्रयोग शुरु गरेको छ ।

यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखामार्फत उक्त प्रविधिकोे प्रयाग उपत्यकामा शुरु गरेको हो । यो अहिले क्युआर कोडसहितको परीक्षणमा रहेको लाइसेन्समा परीक्षण भइरहेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स त्यो कार्य गर्न सक्षम छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले एक लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताउनुभयो । उहाँले एक बर्षे परीक्षणकालको अबधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको छ ।

ट्राफिक महाशाखा प्रमुख एसएसपी उमेशराज जोशी यस अघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबबाट आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्समार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताउनुहुन्छ ।

उहाँले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने बताउनुभयो। कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने प्रहरीको विश्वास छ ।

कसरी काम गर्छ एप्सले ?

विशेष प्रकारको मोबाइल एप्समार्फत लाईसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरेपछि मोबाइलमा नै लाइसेन्सको पूर्ण विवरण आउँछ ।  त्यसका लागि उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा एम्स इन्स्टल गरीएको हुन्छ ।  सवारी जाँचको क्रममा अन द स्पट लाईसेन्स भेरीफाइ हुन्छ ।