२६ बैशाख, २०८१ बुधबार

09:25:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रासमुक्त शासन व्यवस्था ल्याइन्छ, मलाई साथ दिनुस् : सभापति देउवा

Nepal Business

२४ मंसिर, २०७८

आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह

त्रासमुक्त शासन व्यवस्था ल्याइन्छ, मलाई साथ दिनुस्  : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली ९तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली० को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।”

स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गर्नुभयो । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो । रासस