६ जेठ, २०८१ आइतबार

10:04:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी देशको हितमा छः प्रकाशशरण महत

Nepal Business

९ फागुन, २०७८

एमसीसी देशको हितमा छः प्रकाशशरण महत

काठमाण्डौं

सत्तारुढ दल कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी अनुदान सहयोग भएकाले पछि नहट्ने स्पष्ट पार्नुभएको छ । सोमबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी मुलुकको हितका लागि भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘ओली ज्यूले जुन संसदमा दर्ता गराउनु भयो, हामी पारित गर्ने पक्षमा नै थियौं । त्यस बेलामा पनि हाम्रो पाटीले पारितै गर्नुपर्छ भनेको हो । केन्द्रीय समिति संसदीय समितिले निर्णय नै गरेर यो अनुमोद हुनुपर्छ, यो नेपालको हितमा छ भने हामीले भनेका थियौ । हामीलाई सत्तामा हुँदा, एउटा सत्तामा नहुँदा अर्को दृष्ट्रिकोण राख्ने नेपाली कांग्रेस छबी होइन । सत्तामा होस नहोस, त्यसबाट पार्टीलाई फाइदा होस नहोस सहि कुरा छ भने हामी त्यसको पक्षमा उभिन्छौँ ।’

यसै कारणले पार्टीको छुट्टै छबी रहेको उहाँको भनाई छ । ‘जब हामी सत्तामा आयौ हामी आफैले पहल गर्यौ यसलाई अगाडी बढाउनका लागि हामी अग्रसर भयौ । समय लाग्यो । सबै गठबन्धन दलहरुलाई त्यसमा समर्थनमा जुटाउनका लागि चिठ्ठी पनि गयो’, उहाँले बताउनुभयो । 

उहाँले गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताउनुभयो । उहाँले  एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको धारणा राख्नुभयो । 

‘एमसीसीलाई पास गर्नुपर्छ भनेर माओवादी केन्द्रका नेता प्रचण्ड जीले केहि समय चाहिएको कुरा गर्नुभयो । जुन पछिल्लो समय सीमा एमसीसीले फागुन १६ गते तय गर्यो’, उहाँले भन्नुभयो, ‘पाँच वर्षभित्र यो सम्पन्न गर्नुपर्ने हो । तर यो अवधिसम्म अनिर्णयति भयो । त्यस कारण अमेरिकाले चासो चिन्ता स्वभाविक हो ।’

एमसीसी सम्झौता संसदबाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बतायनुभयो । महत्तले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि जानकारी दिनुभयो ।

उहाँले नेपाल कांग्रेस सत्तामा हुँदा वा नहुँदा सत्य कुरामा अडिक रहेको बताउनुभयो । कांग्रेस सत्तामा आइसकेपछि एमसीसीलाई अगाडी बढाउन अग्रसरता देखाएको उहाको भनाई छ ।