६ जेठ, २०८१ आइतबार

09:33:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोडः एमाले महासचिव पोखरेल

९ फागुन, २०७८

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोडः एमाले महासचिव पोखरेल

काठमाडौं
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ ।  केन्द्रीय विभागका प्रमुखहरूको सोमबार भएको बैठकमा पोखरेलले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिनुपर्ने बताउनुभएको हो ।

बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राख्नुभएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो । बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो ।