७ मंसिर, २०८१ शुक्रबार
02:37:13 AM
९ फागुन, २०७८
हालसम्म नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट रहेकोे छ ।
काठमाडौं
टाटा मोटर्सले काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुनदेखि नयाँ शोरूम आउटलेट विस्तार गरेको हो । कम्पनीका अनुसार बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् ।
उपभोक्ताहरूले बनेपाबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीले जनाएको छ । बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । हालसम्म नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट रहेकोे छ ।
यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्याउँदै आइरहेको छ ।