६ जेठ, २०८१ आइतबार

02:22:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विवाद र बिरोधका बीच एमसीसी टेबल भयो, हामी विपक्षमा उभिन्छौंः प्रचण्ड

८ फागुन, २०७८

‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

विवाद र बिरोधका बीच एमसीसी टेबल भयो, हामी विपक्षमा उभिन्छौंः प्रचण्ड

काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ ।  सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीको विपक्षमा उभिने बताउनुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाउनु भएको छ ।