६ जेठ, २०८१ आइतबार

04:37:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पार्ने काम भयोः नेता खनाल

८ फागुन, २०७८

झलनाथ खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताउनुभएको हो ।

एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पार्ने काम भयोः नेता खनाल

काठमाण्डौं
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताउनुनभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताउनुभएको हो ।

उहाँले संविधान विपरित एमसीसीलाई सदनमा पारित गर्न नहुने बताउनुभयो । एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पार्ने काम गरिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘आज देशका केहि नेताहरुले गर्नु भएको काम प्रति दुख व्यक्त गर्न चाहन्छु । मेरो कार्यदलले दिएको रिपोर्टले यसो गर्नुहुँदैन भन्छ ।

यो एउटा करार सम्झौता हो । करार सम्झौताहरुलाई कहिले पनि कुनै पनि देशको संसदमा अनुमोदन गर्ने गरिदैन । हामीले यस्ता आर्थिक सम्झौताहरु झनै गर्नु पर्दैन । नेपाललाई ट्यापमा पारिदै छ। यस्ता सम्झौता अरु कुनै पनि देशले गर्यो भने नेपाल बाध्य हुन्छ त्यसका लागि  ।

अहिलेसम्म संघीय ऐन पनि बनेको छैन संघीय ऐन नै नबनाइ संविधानलाई मिचेर आज जबरजस्ती जुन ढैगबाट टेबल गर्ने काम भयो यो संविधान विरोधी काम हो । सविधानलाई मिच्ने काम भयो ।’ यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताउनुभयो ।  उहाँले प्रक्रियाअनुसार परियोजना अनुमोदनका लागि अघि बढ्ने उल्लेख गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो । अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको उहाको भनाई छ । केहि दलहरुको बिरोधकाबीच आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेवल भएको छ ।