६ जेठ, २०८१ आइतबार

05:01:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित, किन ?

८ फागुन, २०७८

अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित, किन ?

काठमाण्डौं
आइतबार संसदमा एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरेको थियो । सचिवालयको कार्यसूची अनुसार संसदमा एमसीसी अथमन्त्री जनार्दन शर्माले टेबुल गर्ने जनाइएको छ ।

यसै समयमा अर्थमन्त्री  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित हुनु भएको हो ।

अर्थमन्त्री शर्मा विरामी भएकोले घरमै आराम गरिरहनु भएको छ उहाँको सचिवालयले बताएको छ । उहाँ संसद बैठकमा जानु भएको छैन ।

एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाउनु भएको छ। त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी टेबल गर्ने निर्णयमा लिखित असहमति जनाउनु भएको छ ।