६ जेठ, २०८१ आइतबार

06:13:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दलहरूको विरोधका बीच संसदमा एमसीसी टेबल

८ फागुन, २०७८

आइतबार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको छ ।

दलहरूको विरोधका बीच संसदमा एमसीसी टेबल

काठमाडौं
प्रतिनिधिसभामा दलहरूको विरोधका बीच अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टेबल भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।

संसद बैठकको कार्यसूचीमा एमसीसीको एजेण्डा समावेश भएपछि नेकपा एमालेका भीम रावलले आपत्ति जनाउनुभएको थियो ।  उहाँले सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित एमसिसी टेबुल गरिनु आपत्तिजनक रहेको बताउनुभयो । रावलले अमेरिकाको धम्कीको सामु सरकार झुकेको आरोप समेत लगाउनुभयो ।