६ जेठ, २०८१ आइतबार

04:37:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी प्रतिनिधिसभामा टेबल

८ फागुन, २०७८

एमसीसी प्रतिनिधिसभामा टेबल

काठमाण्डौं

अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा आइतबार टेबल भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो । 

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै २०७६ असार ३० गते संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अुनमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन । 

एमसीसी चाहिदैन भनेर नयाँ बारेश्वरमा विरोध प्रर्दशन चरकिएको छ । नेपाली जनता तथा विभिन्न पार्टीका कार्यकर्ताले एमसीसीको विरोध गरिरहेका छन् । विरोधकैबीच संसदमा एमसीसी टेबल भएको छ ।