६ जेठ, २०८१ आइतबार

01:44:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतसँग गरिने विद्युत आयात निर्यात, कति ?

८ फागुन, २०७८

यो वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युतको माग बढेको हो।

भारतसँग गरिने विद्युत आयात निर्यात, कति ?

 काठमाण्डौं
आजभोली नेपालमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रम जारी छ । नेपालमा नियमित रुपमा बृद्धि भैरहेको विद्युत उत्पादनले भारतबाट आयात हुने विद्युतलाई प्रतिस्थापन गर्दै लगेको छ । 

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १७ करोड ३० लाख युनिट विद्युत निर्यात गरी ८० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा ४ करोड ४० लाख युनिट निर्यात गरी ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला दिनहरुमा विद्युत उत्पादन बढिरहेकोले भारतबाट आयात हुने विद्युतको मात्रा घट्दै गइरहेको हो ।

यसै ६ महिनाको अवधिमा नेपालमा खपत भएर बढी रहेको विद्युत भारतर्फ निर्यात बढिरहेको छ भने अपुग विद्युतको आयात परिमाण घटेको छ।

यस वर्ष बजारको कूल विद्युत माग करिब १५ सय मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताउनु भयो । नेपालको उत्पादन हिउँदमा निकै नै घट्ने हुँदा भारतबाट यस समयमा विद्युत खरिद गर्नु परेको उहाँको भनाई छ ।

आर्थिक वर्ष २०७६÷७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत आयात भएकोमा गत आर्थिक वर्षमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो। तर, चालु आवको ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत आयात भएको छ।

माघ, फागुनमा आयात केही बढ्ने भएतापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनु भयो।

यस वर्ष बजारको कूल विद्युत माग करिब १५ सय मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताउनु भयो । नेपालको उत्पादन हिउँदमा निकै नै घट्ने हुँदा भारतबाट यस समयमा विद्युत खरिद गर्नु परेको उहाँको भनाई छ । हाम्रो उत्पादनको मापन वर्खालाई आधार मानेर गरिएकोले हिउँदमा ठुलो अन्तर देखा पर्दछ । हिउँदको यो माग धान्नलाई भारतबाट विद्युत आयात गर्न हामी बाद्य छौ, उहाँले भन्नुभयो । 
यो वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगाले विद्युतको माग बढेको हो। हाल ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत प्रणालीमा थपिएको छ।